Home Bibles आमोस 1:12 · नेपाली बाइबल
आमोस 1:12 · नेपाली बाइबल

यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरु पनि ध्वंश पार्नेछ।

Cross references

उत्पत्ति 36:11

एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।

उत्पत्ति 36:33

जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।

1 इतिहास 1:44

शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।

यशैया 34:6

किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ।

यर्मिया 49:7

यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो विवेक हराए?

यर्मिया 49:13

परमप्रभु भन्नुहुन्छ, “म आफै यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”

यर्मिया 49:20

एदोम र तेमानका मानिसहरूका निम्ति परमप्रभुले बनाउनु भएको योजना सुन। तिनीहरूले थुमाहरू घिस्यार्नेछन्। उसले तिमीहरूको खेत सम्पूर्ण नष्ट पार्नेछ।

यर्मिया 49:22

अक्कासिने चील उँभो बेगले तल झरी आफ्नो पखेटा बोज्रामाथि फिँजाउनेछ। त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

ओबदिया 1:9

त्यस समय तेमान, तिम्रो शक्तिशाली मानिसहरू डराउँने छन्। अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।

Interlinear

Choose Theme