यसकारण म गाजा देशको पर्खालहरुमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबैकिल्लाहरु जलाइ दिनेछ।
Cross references
तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’
म प्रतिज्ञा गर्छु, म मेरो चम्किने तरवार उधाउँनेछु, मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु। म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।
हिजकियाहले गाजासम्म तथा यसको वरिपरि पलिश्तीलीहरूलाई पराजित गरे। उनले सानो देखि ठूलो सबै पलिश्तीली शहरहरू पराजित गरे।
उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए।
परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ। अनि उहाँले नै को महत्वपूर्ण हुनेछ भन्ने कुराको निर्णय गर्नुहुन्छ। परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ, उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।
हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरूभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।
यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरु भस्म पार्नेछ।
गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाहिं उजाड हुनेछ।
अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन।
हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।