सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।”
Cross references
म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्।
यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।
परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित अरूका जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो। तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो। तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।
बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नुर्ु भयो। तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो। तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो, अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्। तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।
मेरा मित्रले खेत खने अनि सफा पारे। उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे। उनले खेतको माझमा एउटा मचान अनि एउटा कोल निर्माण गरे। तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे। तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो जसले नराम्रो फल फलाउँदछ?
के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?
यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।
तपाईंले तिनीहरूलाई रोप्नु भयो अनि तिनीहरू शक्तिशाली भए। तिनीहरू बढछन् अनि फल दिन्छन्। तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।
“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’
तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौला। अनि ध्वंस पार्ने मेरो प्रस्ताव नलिउँला।
तर मेरा मानिसहरूले मलाई बिर्सिए। तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए। तिनीहरू पूरानो पथबाट पल्टिए। अहिले तिनीहरू राम्रा सडकहरू छाडेर किनाराका पथहरू पछ्याउँछन्।
“यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।”‘
म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्।
तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।
“यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आटेकाछौं।”
यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।”
हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।”
जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो।
अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो।
‘यदि तिमीहरू साँचै यस देशमा बसथ्यौ भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दुखित छु।
तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्।
यर्मिया” बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’
त्यसपछि गरूडले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो। त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
इस्राएल त्यो दाख जस्तै छ जसले प्रशस्त मात्रमा फल दिन्छ। तर इस्राएलले झूटा देवत्हरूको निम्ति विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो। भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।