“यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।”‘
Cross references
तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।
तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे, अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्। तिनीहरू घमण्डी भए अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे। तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ, दयालु अनि कृपालु र धीरजी प्रेमपूर्ण हुनुहुन्छ। यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,
तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई फर्काउनका निम्ति तपाईंले चेतावनी दिनुभयो। तर तिनीहरू अट्टेरी भए र तपाईंका आदेशको पालन गरेनन्। तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे। जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति जीवन ल्याउँदछ। तिनीहरू ढीठ, अनिच्छुक अनि अनाज्ञाकारी बने।
होइन, तिमीहरू दुष्ट्याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।
यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।
एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”
तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।”
“यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’
यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ।
परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।
परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तैजित पार्यौ अनि आफैमा नोक्सान ल्यायौ।”
यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले,
मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।
म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।”‘
परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।
तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।