त्यसपछि गरूडले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो। त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
Cross references
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।
बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बद्ली गरेर सिदकियाह बनाए।
यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए। तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।
तिनीहरू संसारका मानिसहरूका माझमा बढनेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढने रूखहरू जस्ता हुनेछन्।
नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए।
त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।
त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।
यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो। अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो। त्यहाँ पानी प्रशस्त थियो यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।