परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो।
Cross references
के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।”परमप्रभुले भन्नु भयो, “शाऊल यो हुन आउँछ।”
दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?”परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।”
तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”
तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे।
राजाले एक जना दूत एलीशा कहाँ पठाए। एलीशा आफ्नो घरमा बसिरहेका थिए र बूढा-प्रधानहरू उनीसँगै बसेरहेका थिए। दूत पुग्नअघि एलीशाले भने, “हेर, एकजना हत्याराले मेरो टाउको काट्नको निम्ति मानिसहरू पठाउँदै छ। जब दूत यहाँ आइपुग्छ, ढोका बन्द गर। ढोकालाई पक्रेर राख र उसलाई भित्र पस्न देखि रोक। म उसको पछि आएको उसको मालिक पैतालाको आवाज सुन्दैछु।”
मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।”
तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।”
यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।”‘
कुनै मानिसले भन्न सक्ला, “जब म झुटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”