मेरा मित्रले खेत खने अनि सफा पारे। उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे। उनले खेतको माझमा एउटा मचान अनि एउटा कोल निर्माण गरे। तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे। तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
Cross references
नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसंग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”
म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।
के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ? होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ। परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ। उहाँले तिमीहरूको सृष्टि गर्नुभयो। उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।
सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ। तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फँसे। उनी सोरेक बेंसीकी थिइन्।
त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने कामगरिरहेको देखें। अनि अन्नकारा शल्या एका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखे। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।
हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।
तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो। तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो। चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।
हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ,“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।
सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएको एक पुरानो छाप्रो जस्तो छ। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छ।”
परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।
सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ-त्यो यहूदाको मानिस हो।परमप्रभुले न्यायको आशा गर्नुभयो, तर त्यहाँ हत्याहरू मात्र भए। परमप्रभुले धार्मिकताको आशा गर्नुभयो, तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।
“किन तिम्रो पोशाकहरू चकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन जो दाखहरूमाथि हिंडदछन् र त्यसको दाखरस बनाउँदछन्।”
यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो जसले नराम्रो फल फलाउँदछ?
इस्राएल त्यो दाख जस्तै छ जसले प्रशस्त मात्रमा फल दिन्छ। तर इस्राएलले झूटा देवत्हरूको निम्ति विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो। भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।
अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।”किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?
उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
येशूले टाढामा एउटा अञ्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अञ्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अञ्जीरको फल फल्ने समय थिएन।
केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो।
येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।
त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो।
तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो।
आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अंगुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेडाको दुध पिउँदैन?
त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरु पाकेका छन्।”