यर्मिया” बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’
Cross references
अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।
बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नुर्ु भयो। तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो। तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो, अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
मेरा मित्रले खेत खने अनि सफा पारे। उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे। उनले खेतको माझमा एउटा मचान अनि एउटा कोल निर्माण गरे। तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे। तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।
आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।”
एक समयमा एउटा जाति अथवा एउटा राज्यको बारेमा बोल्न सक्नेछु अनि भन्नेछु कि म यसलाई तान्नेछु र ध्वंस पार्नेछु।
बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।
“यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु।