यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।”
Cross references
“मेरो भागमा म यस धर्तीका सबै प्राणीहरुको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरु मर्नेछन्।
“तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ,
“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
“कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन। त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।
जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सएदो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्।
परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे। तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।
मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिन भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”
यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
किनभने तिमीहरूले यी सब गरयौ,” परमप्रभु भन्नुहुन्छ। “किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ।
तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।
तर तिनीहरू हठी थिएँ मेरो कुराहरूलाई कुनै महत्व नै दिएनन्। अनि तिनीहरूको दुष्ट मनले जे चितायो त्यही गरे। मैले तिनीहरूलाई करार-पत्रमा रहेका आज्ञाहरू पुरा गर्न आदेश दिएँ तर तिनीहरू मानेनन्, यसकारण त्यस करार-पत्रमा भनिएको सबै सजायहरू तिनीहरूलाई दिएँ।”
यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।
म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु।
यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु।“‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।
मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुसरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ।
“ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।
हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
“ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।
परमेश्वरले यी कुराहरू यशैया द्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”