परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए।
Cross references
यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए।
तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।
शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।
शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
शमूएलले सीङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो।
एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। उ साह्रै वीर र युद्ध गर्न जान्दछ। उ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”
शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले।
शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दीत भए।
यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैं दाऊदको विरोधी भए।
शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”
शमूएलले शाऊललाई भने, “मलाई किन दुखः दिएको? मलाई किन बोलाएको?”शाऊलले भने, “म संकटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनु हुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौ?”
दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।
परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुसरण गरेनन्।
त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ।
मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन् त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्। परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ। यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्, अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।