शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
Cross references
राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)।
पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)”
त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए।
त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?”
तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?”अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो।
तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”
योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?”येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”
दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।“दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।
यसैकारण मैले तिनीहरूमाथि अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु। मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु। मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
म सिंह जस्तै गर्जने छु, म गर्जन्छु अनि मेरा संन्तान मसंग आउने छन्, र मेरो पछि-पछि हिँडनेछन्। मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।
यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।
थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए।
गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।