तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए।
Cross references
परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए।
तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो।
तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।”परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।”
तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।:21-28)
जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढंङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।