“त्यसपछि ती पिताहरू यूसुफसंग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसंग परमेश्वर हुनुहुन्थ्यो।
Cross references
यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।
यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए।
तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।
जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो।
तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ संधै ऊसंग दयालु हुनुहुन्थ्यो।
यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ।
धेरै मानिसहरू तिनको विरोधी भए अनि तिनीसित युद्ध गरे। काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए।
याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै वर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”
तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो।
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।
पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्याको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।