Home Bibles ☰ Books भजनसंग्रह 48:3 · नेपाली बाइबल
भजनसंग्रह 48:3 · नेपाली बाइबल

त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ।

Cross references

2 शमूएल 5:7

तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)

2 इतिहास 12:7

परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन।

2 इतिहास 14:9

तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे।

2 इतिहास 20:1

पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।

भजनसंग्रह 46:7

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 50:2

सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।

भजनसंग्रह 76:1

यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।

भजनसंग्रह 125:1

मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।

भजनसंग्रह 135:21

सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो, यरूशलेम र उहाँको वास-स्थानबाट परमप्रभुको प्रशंसा गर।

श्रेष्ठगीत 6:4

तिमी तिर्सा जस्तै सुन्दरी छौ, तिमी यरूशलेम जस्तै आर्कषक छौ। तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं साहासी छौ।

यशैया 4:5

तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसंगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्।

यशैया 37:33

यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ “उनी यस शहर भित्र आउने छैनन् उनले यस शहरमा काँड हान्ने छैनन्। उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन् उनले यो शहरका पर्खालहरूमा धावा बोल्नलाई कुनै प्रकारको गढ बनाउने छैनन्।

Interlinear

Choose Theme