Home Bibles भजनसंग्रह 53:5 · नेपाली बाइबल
भजनसंग्रह 53:5 · नेपाली बाइबल

तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन् त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्। परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ। यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्, अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।

Cross references

लेवी 26:17

म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।

लेवी 26:36

बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्।

व्यवस्था 28:65

“ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।

1 शमूएल 14:15

मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।

2 राजा 7:6

परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”

अय्यूब 15:21

प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।

भजनसंग्रह 2:4

तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ।

भजनसंग्रह 14:5

दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्। किन?

भजनसंग्रह 35:4

कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्।

भजनसंग्रह 35:26

म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।

भजनसंग्रह 40:14

ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्। हे परमप्रभु, ती मानिसहरूलाई लज्जित र निराश बनाई दिनुहोस्। तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्, तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!

भजनसंग्रह 73:20

हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्, हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्। हाम्रो सपनाका राक्षसहरू जस्ता तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।

भजनसंग्रह 83:16

परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्। त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।

भजनसंग्रह 141:7

मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए। यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।

हितोपदेश 28:1

दुष्टको मनमा सधैं डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागिहिंडछ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।

यशैया 37:22

“सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो ‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ। उसले तिमीलाई खिसी गर्छे। यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।

यर्मिया 6:30

तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”

यर्मिया 8:1

यो सन्देश परमेश्वरबाट आएको हो “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्।

यर्मिया 49:15

एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु। प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्।

विलाप 2:6

परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।

इजकिएल 6:5

म इस्राएलका मानिसहरूको लाशहरू तिनीहरूको अपवित्र मूर्तिहरूको अघि फ्याँकिदिनेछु। म तिमीहरूको हड्डीहरू तिमीहरूको वेदीहरूको चारैतिर तितर बितर पारिदिनेछु।

इजकिएल 37:1

परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो।

Interlinear

Choose Theme