एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। उ साह्रै वीर र युद्ध गर्न जान्दछ। उ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”
Cross references
तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।
रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।
शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।
यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किन? किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।
यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। उ साँच्चै सुन्दर थियो।परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लडने छु।”
परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए।
योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”
“तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न।
तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकु हुन, अनि उनका मानिसहरू धेरै साहसी छन्।
मानिस आफ्नो भलो बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ।
“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।”(इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”