त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो।
Cross references
म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”
उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।
परमेश्वरले भन्नुभयो, “म तिम्रोअघि एकजना स्वर्गदूत पठाउँदैछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नमा मद्दत गर्नेछ।
त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ।
यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”
शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।
यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”
यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः
तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे।
एक दिन स्वर्गदूतहरूपरमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतानपनि थियो।