Home Bibles ☰ Books प्रेरित 7:30 · नेपाली बाइबल
प्रेरित 7:30 · नेपाली बाइबल

“चालिस र्वष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।

Cross references

उत्पत्ति 16:7

परमप्रभुको र्स्वग दूतले हागारलाई मरूभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो।

उत्पत्ति 22:15

परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए।

उत्पत्ति 32:24

याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्‌यो।

उत्पत्ति 48:15

अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवन भरि डोर्याउँनु भयो।

प्रस्थान 3:1

त्यस समय मोशा उसको ससूराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।

प्रस्थान 3:6

म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”

प्रस्थान 7:7

तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 वर्ष र हारून 83 वर्षका थिए।

प्रस्थान 19:1

इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरूभूमिमा पुगे।

व्यवस्था 4:20

तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।

व्यवस्था 33:16

पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्। यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो। यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्।

1 राजा 19:8

यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुञ्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए।

भजनसंग्रह 66:12

तपाईंले आगो र पानी माथिबाट टाउको समातेर हामीलाई तान्नु भयो,तैपनि तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ।

यशैया 43:2

जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।

Interlinear

Choose Theme