अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?”उनले भने, “यी ती सींङहरु हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरुलाई छरपष्ट पारेका थिए।”
Cross references
जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्।
यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साह पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए।
अनि आर्ट-जारसेजसमयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमाथियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।
त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?”
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
“त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, ‘यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।’
तिमीहरु लो-देबारको पराजयमा खुशी हुन्छौ। तिमी भन्छौ, “हामीले कर्नेमलाई आफ्नो शक्तिले जितेका हौं।
शत्रुका सेनाहरु जसले हामीलाई शक्तिशाली आँधीले झैं पछ्याए। हामीलाई मार्ने चेष्टा गरे तिनीहरुलाई रोकन तपाईले मोशाको लौरो प्रयोग गर्नु भयो। गुप्तरूपले गरीबलाई लुटे झैं तिनीहरुले सोचे कि हमालाई सजिलै जित्न सकनेछौं।
मैले सोधें, “यी घोडाहरु के को निम्ति, परमप्रभु?त्यस समय मसंग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरु के को निम्ति हुन्।”
मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरु किन आएकाछन्?” उहाँले भन्नुभयो, “यी सींङहरु जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरु ती देशहरु जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरु खडा पारे ती देशहरुलाई डर देखाउँन अनि तिनीहरुको सींङहरु फ्याँकिदिन आएका हुन्।”
मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”
त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुईवटा भद्राक्षको बोटहरुले के अर्थ बुझाउँछ?”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरु को हुन्.? तिनीहरु कहाँवाट आएका हुन्?”