तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसंग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरु भन्नुभयो।
Cross references
तिमीहरूका परमेश्वरले भन्नुहुन्छ “मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।
परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी वर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।
“यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।
“त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरु र नष्ट भएका भवनहरु मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु।
हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
मैले सोधें, “यी घोडाहरु के को निम्ति, परमप्रभु?त्यस समय मसंग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरु के को निम्ति हुन्।”
त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसंग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरुलाई यी सबै कुराहरु बताउँनुःसर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ।”
उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरु र पशुहरु बस्छन्।’
तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसंग क्रोधित भएँ।”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन र्हष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”