अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।
Cross references
एक दिन स्वर्गदूतहरूपरमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतानपनि थियो।
तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र इमान्दार मानिस छ। उसले परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैं टाडो रहन्छन्।”
जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।
राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।
ती स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको अघि खडा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरा गर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो।
सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।