मैले सोधें, “यी घोडाहरु के को निम्ति, परमप्रभु?त्यस समय मसंग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरु के को निम्ति हुन्।”
Cross references
परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, “याकूब”। “मैले भनें, हजुर।’
त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो।
जब म दानियलले यो दर्शन देखें म यो बुझ्नको निम्ति कराएँ। अनि अचानक मानिसको रूप भएको एकजना मेरो छेउमा उभिरहेको देखें।
त्यसै बेला मैले ऊलै नदीको किनारबाट मलाई बोलाउँदै गरेको मानव स्वर सुनें। स्वरले भन्यो, “हे गाब्रियल! यस मानिसलाई दर्शनको अर्थ व्याख्या गरिदेऊ।”
स्पष्टसित बोल्दै तिनले मलाई बुझाए, तिनले भने, “दानियल अहिले म तिम्रो समझ खोलिदिनलाई आएको छु।
दर्शनको मानिसले मलाई भन्यो, ‘दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।’ तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठें। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ।
अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?”उनले भने, “यी ती सींङहरु हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरुलाई छरपष्ट पारेका थिए।”
त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।
तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ केहोला?”
त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुईवटा भद्राक्षको बोटहरुले के अर्थ बुझाउँछ?”
त्यस समयमा मसंग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”
तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?”
तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरु को हुन्.? तिनीहरु कहाँवाट आएका हुन्?”
सातवटा कपहरु हुने स्वर्गदूतहरु मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महावेश्यालाई दिइनेछ। उ धेरै पानीमाथि बसेकी छ।
तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रण गरियो। तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”
म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरु सुनें अनि देखें। यी कुराहरु सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरु देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ।