Home Bibles ☰ Books जकरिया 1:10 · नेपाली बाइबल
जकरिया 1:10 · नेपाली बाइबल

त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरु पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”

Cross references

उत्पत्ति 32:24

याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्‌यो।

अय्यूब 1:7

परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिँए।”

अय्यूब 2:1

अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।

भजनसंग्रह 103:20

हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

इजकिएल 1:5

बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो।

होशे 12:3

जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्न शुरू गर्यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुश्ती लड्यो।

जकरिया 1:8

राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको दखें। त्यो बेंसीमा मेहेंदीको रूखहरुको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरु पनि थिए।

जकरिया 1:11

त्यतिबेला घोडाहरुले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसंग कुरा गरे। उनीहरुले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”

जकरिया 4:10

मानिसहरु त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरु साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरु यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरु जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरु हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरु देख्नुहुन्छ।”

जकरिया 5:7

बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।

जकरिया 6:5

स्वर्गदूतले भने, “तिनीहरु स्वर्गका चार हावाहरू हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्।

जकरिया 6:7

बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरुलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।”यसकारण, तिनीहरू पृथ्वीभरि गए।

जकरिया 13:7

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।

हिब्रू 1:14

सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

Interlinear

Choose Theme