Home Bibles ☰ Books जकरिया 6:5 · नेपाली बाइबल
जकरिया 6:5 · नेपाली बाइबल

स्वर्गदूतले भने, “तिनीहरु स्वर्गका चार हावाहरू हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्।

Cross references

1 राजा 19:11

तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूइँचालो शुरू भयो तर त्यो भूइँचालोमा पनि परमप्रभु हुनुहुन्न थियो।

1 राजा 22:19

तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।

2 इतिहास 18:18

मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्ः मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर।

अय्यूब 1:6

एक दिन स्वर्गदूतहरूपरमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतानपनि थियो।

अय्यूब 2:1

अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।

भजनसंग्रह 68:17

परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्।

भजनसंग्रह 104:3

परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढनुभयो।

भजनसंग्रह 104:4

परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतासजस्ता अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।

भजनसंग्रह 148:8

परमेश्वरले आगो र हिउँ, असिना, धुँवा, आँधी, बतास रच्नुभयो।

यशैया 54:5

किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।

इजकिएल 1:5

बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो।

इजकिएल 10:9

तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो।

इजकिएल 11:22

तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।

Interlinear

Choose Theme