राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको दखें। त्यो बेंसीमा मेहेंदीको रूखहरुको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरु पनि थिए।
Cross references
तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”
त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”
परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु।
जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”
सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”
मेरो रातको सपनाहरू बीचमा मानिसहरू निद्रामा हुन्छन्,
तिम्रो पटुकामा तरवार भिर। तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।
मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ।
देवदारूहरू मरूभूमिमा उम्रिनेछन्, त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्।
जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्। वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्। ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिल्यै नाश हुने छैन्।”
परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”