Home Bibles अय्यूब 1:7 · नेपाली बाइबल
अय्यूब 1:7 · नेपाली बाइबल

परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिँए।”

Cross references

2 राजा 5:25

गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?”गेहजीले भने, “म कत्तै गएको थिइन।”

अय्यूब 2:2

परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरहेको थिएँ।”

जकरिया 1:10

त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरु पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”

जकरिया 1:11

त्यतिबेला घोडाहरुले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसंग कुरा गरे। उनीहरुले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”

जकरिया 6:7

बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरुलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।”यसकारण, तिनीहरू पृथ्वीभरि गए।

मत्ती 12:43

‘जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन।

1 पत्रुस 5:8

स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरुको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिडछ।

प्रकाश 12:9

त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।

प्रकाश 12:12

यसर्थ तिमी स्वर्गहरु अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको तिम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरुकहाँ गएको छ. जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।”

प्रकाश 20:8

शैतान पृथ्वीका समस्त राष्ट्रहरु गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरु भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड लाग्नेछ अनि तिनीहरु समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।

Interlinear

Choose Theme