दाज्यु-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुरयाउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।
Cross references
त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ। तब मिश्र बढन र फूल्न लागेको बोट जस्तै हुनेछ। त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”
अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाई गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुँदछ।
म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।
तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ।
जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसंग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!
त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।
पावल र तिनीसंग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन।
तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”
पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।
दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।
अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ।