Home Bibles 2 कोरिन्थी 2:14 · नेपाली बाइबल
2 कोरिन्थी 2:14 · नेपाली बाइबल

तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सँधै ख्रीष्टद्वारा विजयतर्फ डोरयाउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।

Cross references

भजनसंग्रह 106:47

हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।

भजनसंग्रह 148:14

परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो। परमप्रभुको प्रशंसा गरौं!

श्रेष्ठगीत 1:3

तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

रोमी 6:17

विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो।

रोमी 8:37

तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।

रोमी 15:19

अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।

1 कोरिन्थी 15:37

जब तिमीले केही रोप्छौ त्यस्को त्यही रूप हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियौ त्यो वीऊ मात्र थियो चाहे गहुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरिर पाउँछ।

2 कोरिन्थी 1:11

अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।

2 कोरिन्थी 2:15

परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।

2 कोरिन्थी 8:16

म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।

2 कोरिन्थी 9:15

उनको वयान गर्न नसक्ने दानको लागि परमेश्वरलाई धन्यवाद देऊ।

एफिसी 5:2

प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।

एफिसी 5:20

सधैं सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।

फिलिप्पी 4:18

आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बडतै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ।

कलस्सी 1:6

संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ।

कलस्सी 1:23

तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।मण्डलीको लागि पावलको काम

कलस्सी 2:15

परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।

1 थिस्सलोनिकी 3:9

तिमीहरूको कारणले परमेश्वरको अघि हामी र्हषित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ।

प्रकाश 7:12

तिनीहरुले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”

Interlinear

Choose Theme