तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन।
Cross references
परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएका असल कुराहरू सुनेर यित्रो खुशी भए। मिश्र देशीहरूबाट इस्राएलका मानिसहरूलाई परमप्रभुले मुक्त गर्नु भएकोलागि यित्रो आनन्दित थिए।
धेरै मानिसहरू त्यहाँ जानेछन्। तिनीहरूले भन्नेछन् “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ, माथि याकूबको परमेश्वरको मन्दिरमा। अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ। अनि हामीले उहाँलाई पछ्याउनेछौं।”परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।
एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं!” तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”
मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।
सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्।
तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँ बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।
सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।
के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ।
हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं।
यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।
अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्।
सबै मानिसहरुले डेमेत्रियसको विषयमा असल कुराहरु गर्छन्। अनि त्यो सत्य तिनीहरुले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छो। अनि तिमीहरु जान्दछौ कि हामी जे भन्छौ त्यो सत्य हो।
तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो!
आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।