Home Bibles प्रेरित 15:12 · नेपाली बाइबल
प्रेरित 15:12 · नेपाली बाइबल

त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।

Cross references

यूहन्ना 4:48

येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”

प्रेरित 14:27

जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसंग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!

प्रेरित 15:4

पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने।

प्रेरित 21:19

पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।

Interlinear

Choose Theme