तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ।
Cross references
तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुँन्छ।
कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो।
“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।
कुन चाहिं नोकरलेे के कति गर्न सक्छ भनी उसले विचार गरयो। उसले एकजना नोकरलाई पाँच तोडा दियो। अर्कोलाई दुइ तोडा दियो। अनि तेस्रोलाई एक तोडा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो।
तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?’ हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छः“तिनीहरूका आवाज सार संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”
परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसंझौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।
हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।
जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ।
एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।
हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं।
ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो।
तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।