जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसंग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!
Cross references
मानिसहरूले जान्न चाहन्थे, “के भयो? तिमीले कसरी दष्टि प्राप्त गर्यौ?”
जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले र्तक गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”
उनीहरूको यात्रालाई मण्डलीले सहयोग गरयो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो।
त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।
पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं।
हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित होंऊ। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ।
पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु।
मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्?
तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।
किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।
ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो।
हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँचो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किन कि म यो सत्य सिकाँउछु।
“फिलाडेल्फियाको मण्डलीलाइ यो लेख“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरुलाई यी कुराहरु भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।