तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
Cross references
“राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ,
सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए ‘इस्राएलका राजाहरूको इतिहासको, पुसतकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए।
तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ। धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।
तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
तिनीहरू आनन्दको साथ आउँछन्। आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्।
खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ, (गलाको पहिरन) मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
यी नारी को हुन् जो धेरै मानिसहरू सित मरूभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ कि मानौं त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।
म त्यो गन्धरसको पर्वत माथि जानेछु, र सुगन्धितको पहाडमा जानेछु, जब मैले आफ्नो अन्तिम सास लिनेछु अनि छायाँहरू लामो भई लुक्नेछन्।
तिम्रो शरीर दारीम जस्तै छ अनि अरू लोभ्याउने फलहरू, फूलहरू र मसलाहरूको बासनाले भरिएको बगैंचा झौं जटामसी केश दालचिनी,
मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे
म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल माथि चुहे।
उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं, सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ। उहाँका ओठहरू सुगन्धित रस चुहिरहने, लिली फूलहरू जस्ता छन्।
म र्गमिमा बस्ने निवास स्थानकासाथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरु पनि नष्ट गरिदिनेछु, धेरै घरहरु नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।
तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसंग देखें। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधाना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी झुकाएर चढाए।
त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरुलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु।
निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।
तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सँधै ख्रीष्टद्वारा विजयतर्फ डोरयाउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।
हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।