Home Bibles श्रेष्ठगीत 1:13 · नेपाली बाइबल
श्रेष्ठगीत 1:13 · नेपाली बाइबल

मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ, (गलाको पहिरन) मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।

Cross references

उत्पत्ति 43:11

त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।

भजनसंग्रह 45:8

तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।

श्रेष्ठगीत 2:7

हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।

श्रेष्ठगीत 3:5

हे यरूशलेमका तरूणीहरू हो। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्ने छैनौ।

श्रेष्ठगीत 4:6

म त्यो गन्धरसको पर्वत माथि जानेछु, र सुगन्धितको पहाडमा जानेछु, जब मैले आफ्नो अन्तिम सास लिनेछु अनि छायाँहरू लामो भई लुक्नेछन्।

श्रेष्ठगीत 4:14

तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैंचा झैं छौ मूर्र र यसमा सबै प्रकारको असल मसलाहरू छन्।

श्रेष्ठगीत 5:1

मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे

श्रेष्ठगीत 5:5

म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल माथि चुहे।

श्रेष्ठगीत 5:13

उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं, सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ। उहाँका ओठहरू सुगन्धित रस चुहिरहने, लिली फूलहरू जस्ता छन्।

श्रेष्ठगीत 8:3

उनको देब्रे हात मेरो टाउको मुनि छ अनि दाहिने हातले मलाई समात्नु भएको छ।

यूहन्ना 19:39

निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।

एफिसी 3:17

तिमाहरुको विश्वासको कारणले ख्राष्ट तिमीहरुको हृदयमा बसून् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरुले पउन्।

Interlinear

Choose Theme