लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्। तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।
Cross references
अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”
यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।
हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए।
तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।
राजकुमारी सुनको धागोले बुनेको पोशाकमा सजिएकी छिन्।
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।
हे मेरी दुलही, तिमी मेरो निम्ति लेबनोनबाट आऊ। म भएकोमा आऊ तिमी मसित अमानाको चुचुरोबाट, सनीरको उचाईबाट, सिंहको गुफाबाट अनि चितुवाको पाहाडबाट आऊ।
उहाँका साठी रानीहरू छन् अनि असी रखौटीहरू अनि अनगन्ती नयाँ तरूणीहरू छन्।
हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्। तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।
राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”
अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।