सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए ‘इस्राएलका राजाहरूको इतिहासको, पुसतकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए।
Cross references
राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके।
राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको वाँदहरू र मजुरहरू ल्याउने गर्थ्यो।
राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू ‘इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा’ लेखिएका छन्।
राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो।
अरू कार्यहरू जे जति नादाबले गरे इस्राएलका ‘राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
बाशाको विषयमा सबै जानकारीहरू अनि उनले गरेको महान् कार्यहरूको विवरण ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्ताकमा लेखिएको छ।
जिम्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिम्रीले गरे, त्यो कथा ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएका छन्।
ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
अहज्याहले अरू जे कामहरू गरे ती सबै नै ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्यन्त्र समेत, ‘इस्राएलका राजाहरूको इतिहास भन्ने’ पुस्तकमा लेखिएको छ।
तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
तिमीहरूले तिम्रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको बज्राँठका तक्ताहरूबाट बनाए। तिम्रो जहाजका कोठाहरू बनाउन तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे। तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिँगारे।
रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।
म र्गमिमा बस्ने निवास स्थानकासाथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरु पनि नष्ट गरिदिनेछु, धेरै घरहरु नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।
हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईकोबथानबाट बाछो खन्छन्।