हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्।तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
Cross references
परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन।
हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसंग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।
मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
उहाँको पाउन परमप्रभुलाई हेर, लज्जित नहोऊ उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्।
म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्। हे परमप्रभु, ती मानिसहरूलाई लज्जित र निराश बनाई दिनुहोस्। तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्, तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!
हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्। हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।
मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। तिनीहरूलइ अपमानित पार्नुहोस्। मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ। अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्। तिनीहरू परास्त र अपमानित हुनेछन्।
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ? के हामी प्रति तपाईं सधैं रिसाउनु हुने छ?
बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नुर्ु भयो। तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो। तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो, अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।