परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्। त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
Cross references
जब म पाप गर्छु, म दोषी हुन्छु अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ। तर म निर्दोष भएता पनि आफ्नो शिर उठाउन सक्तिनँ। म अपमानित तथा चिन्ताग्रस्त छु।
ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ। अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।
मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।
उहाँको पाउन परमप्रभुलाई हेर, लज्जित नहोऊ उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्! तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”