मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
Cross references
परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन।
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ! यदि म मरे अनि चिहानभित्र गए भने? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौ। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्।तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्। पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैनन्। मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन्। तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्।