मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। तिनीहरूलइ अपमानित पार्नुहोस्। मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
Cross references
मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्।
म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्। हे परमप्रभु, ती मानिसहरूलाई लज्जित र निराश बनाई दिनुहोस्। तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्, तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!
हे परमेश्वर, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्!
मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्। तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्! तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्। तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।
मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्! तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
हे परमप्रभु, मैले तपाईंलाई गुहार माँगेर प्रार्थना गरिरहेको बेला मलाई सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्।
यसर्थ परमेश्वर द्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ, आदेश यहाँ छ, आदेश त्यहाँ छ।“सौ लासौ सौ लासौ,काव लाकाव काव लाकाव,जेईर शाम जेईर शाम”तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।
हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्। तर तिनीहरू लज्जित हुनेछन्। तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।
जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।