कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्। ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
Cross references
परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।
हे परमप्रभु, विजय तपाईंको हो! आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहुन्छ।
धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”
परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे।
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।
हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्!
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्। हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
हे सर्वशक्तिमान् परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।
सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्, हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बचाउनु होस्।
परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
“तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं।
“अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्।
परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”
परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो।
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।