हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
Cross references
यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।
हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?
हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।” मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थल हुनुहुन्छ।
हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए। तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
मेरो जीवन तपाईंको हातमा छ, मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्। कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्। मलाई तिनीहरूबाट बचाउनुहोस्।
परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ। जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन् अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्। तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।
हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्। तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु ताकि म कहिल्यै निराशा नहुँ।
म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु?
परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदूने ती मानिसहरूबाट बचाउनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।
परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
“अश्शूरका महाराजाको यो सन्देश सुन,हिजकियाहले तिमीहरूलाई मूर्ख नबनावोस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्।
“तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्नै पर्छतिमीहरूले विश्वास गर्ने ईश्वरद्वारा मूर्ख नबन्। यसो नभन, “परमेश्वरले अश्शूरका राजाद्वारा यरूशलेमलाई परास्त गराउनु दिनु हुने छैन।”
तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु, यो म मेरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”
तिमीले तिनीहरूलाई बतास फ्याँकी दिनेछौ, अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ। तब तिमी परमप्रभुमा रमाहट हुनेछौ। तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।”
राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”
मलाई खेदनेहरूलाई लाज होस्, तर मलाई लज्जित नपार्नुहोस्। तिनीहरूलाई डर देखाउनु होस् तर मलाई होइन। तिनीहरूमाथि ध्वंसको दिन आवोस्। तिनीहरूलाई ध्वंस पार्नु होस्। तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।
अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।
हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, उ लज्जित हुने छैन।”
धर्मशास्त्रले भन्छ“मैले एक बहुमूल्य कुनाको ढुङ्गा छानेको छु, अनि म त्यो ढुङ्गा सियोनमा राख्छु, जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनपर्दैन।”