मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
Cross references
तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ
एक दिन हामी सबै मर्ने नै हौं हामी भँुइमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ।
किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन? किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन? चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु। तब तपाईंले मलाई खोज्नु हुनेछ तर म गइसकेको हुनेछु।”
परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?
म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।
प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे। हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
“अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु। पीडित दिनहरूले मलाई पक्रेकोछ।
तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्। सारा मानिसहरू फेरि धूलो हुनेछन्।
मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ! यदि म मरे अनि चिहानभित्र गए भने? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौ। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
मेरो मुटु बढता ढुक्ढुकी रहेछ। मेरो बल तुरिन्दै गइरहेछ, अनि म अन्धो हुन लागिरहेछु।
तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,
तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्।
जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोकण नै बन्दछन्।
आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने उ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
दूध खाने शिशुको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।
अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।
येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः