Home Bibles यूहन्ना 19:28 · नेपाली बाइबल
यूहन्ना 19:28 · नेपाली बाइबल

त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”

Cross references

भजनसंग्रह 22:15

मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।

भजनसंग्रह 69:21

तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्।

लूका 9:31

मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।

लूका 12:50

म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइञ्जेल सम्म म विचलित नै रहनेछु।

लूका 18:31

त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्।

लूका 22:37

यो धर्मशास्त्रले भन्छ। मानिसहरूले भने उनी अपराधी हुन्। यशैया 5312धर्मशास्त्रमा लेखिएका कुरा साँचो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँचो भइरहेछ।”

यूहन्ना 13:1

यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैं तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।

यूहन्ना 18:4

येशू यी सबै घटनाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”

यूहन्ना 19:24

यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्न हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः“तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे अनि मेरो लुगामा चिट्ठा हाले।” भजनसंग्रह 22:18सिपाहीहरूले त्यसै गरे।

यूहन्ना 19:30

उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।

प्रेरित 13:29

यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले।

Interlinear

Choose Theme