Home Bibles उत्पत्ति 3:19 · नेपाली बाइबल
उत्पत्ति 3:19 · नेपाली बाइबल

तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

Cross references

उत्पत्ति 2:7

तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

उत्पत्ति 5:5

आदम 930 वर्षसम्म बाँचे र मरे।

उत्पत्ति 18:27

तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ

उत्पत्ति 23:4

उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाडनुको निम्ति कही जग्गा छैन, म अलिकति जग्गा चाहन्छु म त्यो लाश गाडन सकूँ।”

अय्यूब 1:21

उनले भनेः“जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”

अय्यूब 10:9

परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?

अय्यूब 17:13

म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला।

अय्यूब 19:26

म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।

अय्यूब 21:26

अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्।

अय्यूब 34:15

तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्। सारा मानिसहरू फेरि धूलो हुनेछन्।

भजनसंग्रह 22:15

मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।

भजनसंग्रह 22:29

बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्। वास्तवमा, सबै मानिसहरू मर्नेछ अनि जो मरिसकेका छन्, तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!

भजनसंग्रह 90:3

तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ।

भजनसंग्रह 103:14

परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।

भजनसंग्रह 104:29

जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोकण नै बन्दछन्।

हितोपदेश 21:16

जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरू सँग समाप्त हुन्छ।

उपदेशक 1:3

यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?

उपदेशक 1:13

मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझे, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।

उपदेशक 3:20

मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोवाट आएका हुन् अनि माटोमा नै मिल्छन।

उपदेशक 5:15

एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आँउछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, उ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ उ आफूसित केही लिएर जान सक्दैन।

उपदेशक 12:7

तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।

दानियल 12:2

अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।

रोमी 5:12

पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।

1 कोरिन्थी 15:21

एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।

एफिसी 4:28

यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।

1 थिस्सलोनिकी 2:9

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गयौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।

2 थिस्सलोनिकी 3:10

हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”

Interlinear

Choose Theme