मेरो मुटु बढता ढुक्ढुकी रहेछ। मेरो बल तुरिन्दै गइरहेछ, अनि म अन्धो हुन लागिरहेछु।
Cross references
तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरदस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।
मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ। मेरो उमेर नैराश्यमा बितिरहेछ। मेरा संकटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ। मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।
तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,
मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो। हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके।
म छोडन तयार छु म आफ्ना आँट हराई रहेछु।
मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।
मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दुखीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।
मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ।