Home Bibles ☰ Books उत्पत्ति 18:27 · नेपाली बाइबल
उत्पत्ति 18:27 · नेपाली बाइबल

तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ

Cross references

उत्पत्ति 2:7

तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

उत्पत्ति 3:19

तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

उत्पत्ति 18:30

तब अब्राहामले भने, “परमप्रभु दया गरी मसंग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?”परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।”

प्रस्थान 32:11

तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।

एज्रा 9:6

र मैले भने”हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।

अय्यूब 4:19

यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।

अय्यूब 30:19

परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो र म धूलो र खरानी जस्तै भएकोछु।

अय्यूब 42:6

अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ। परमप्रभु, म अत्यन्त दुःखी छु। मैले जे गरें त्यसको पश्चातापका निम्ति मैले आफैलाई धूलो र खरानीले पुर्दैछु।”

भजनसंग्रह 8:4

किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?

भजनसंग्रह 144:3

हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?

उपदेशक 12:7

तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।

यशैया 6:5

म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”

Interlinear

Choose Theme