Home Bibles अय्यूब 19:20 · नेपाली बाइबल
अय्यूब 19:20 · नेपाली बाइबल

म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।

Cross references

अय्यूब 2:4

शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई!” एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ।

अय्यूब 7:5

मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।

अय्यूब 30:30

मेरो छाला जलेकोछ र उप्किंदैछ। ज्वरोले मेरो शरीर तातो छ।

अय्यूब 33:19

दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।

अय्यूब 33:21

उसको शरीर जीर्ण हुँदै जान्छ अनि उ हाड र छाला मात्र हुन्छ।

भजनसंग्रह 22:14

मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!

भजनसंग्रह 22:15

मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।

भजनसंग्रह 32:3

परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।

भजनसंग्रह 38:3

तपाईंले मलाई दण्ड दिनुभयो। अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ। मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखिरहे छन्।

भजनसंग्रह 102:3

मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।

भजनसंग्रह 102:5

आफ्नो उदासीनताको कारणले गर्दा, मेरो ओजन घटिरहेछ।

भजनसंग्रह 102:6

म मरूभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु। भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।

विलाप 3:4

उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।

विलाप 4:8

अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्। तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन। तिनीहरूका छाला हड्डीसंग टाँसिएर चाउरी परेका छन। तिनीहरूका छाला काठझैं खस्त्रा छन।

विलाप 5:10

हाम्रा छाला चुल्हा जस्तै तातेको छ। भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।

Interlinear

Choose Theme