Home Bibles हितोपदेश 12:24 · नेपाली बाइबल
हितोपदेश 12:24 · नेपाली बाइबल

मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैं कमारो हुनेछ।

Cross references

उत्पत्ति 49:15

ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ। ऊ हेर्छ उसको जग्गा राम्रो छ। त्यसपछि ऊ गह्रुँ भारी बोक्न राजी हुने छ। ऊ कमारा जस्तै खट्न राजी हुने छ।”दान

1 राजा 9:21

इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।

1 राजा 11:28

यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले उसलाई भएको थाहा गर्नुभयो। यस कराण सुलेमानले यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाला बनाए।

1 राजा 12:20

इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुसरण गरिरह्यो।

हितोपदेश 10:4

अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने, एक मेहनती मानिस धनी हुन्छ।

हितोपदेश 12:27

एकजना अल्छी मानिसले उसको शिकार भुट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ।

हितोपदेश 13:4

अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।

हितोपदेश 17:2

एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।

हितोपदेश 19:15

अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।

हितोपदेश 21:25

एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।

हितोपदेश 22:13

अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”

हितोपदेश 22:29

यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।-6-

हितोपदेश 24:30

म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।

हितोपदेश 26:13

अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

हितोपदेश 26:14

अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ।

Interlinear

Choose Theme