एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।
Cross references
शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।
त्यसपछि केही मानिसहरू सित म राती हिँडे। मेरो परमेश्वरले मेरो हृदयमा यरूशलेमको निम्ती गर्नु पर्ने जे कुरा हाल्नु हुँदैछ त्यो मैले कसैलाई भनेको थिइन। म चडिरहेको पशुबाहेक कुनै पशुहरू म सित थिएनन्।
अधिकारीहरूलाई थाहा भएन म कहाँ गएको थिएँ वा मैले के गर्दै थिएँ, मैले अझसम्म यहूदीहरू, महा-पूजाहारीहरू अथवा बाँकीरहेका अधिकारीहरू जो काम गरिरहेका थिए कसैलाई भनेको थिइनँ।
बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीलो आपद-विपदहरू मात्र बोलाउँछ।
धेरै बोल्ने मानिसले प्रायः समस्या उबजाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।
मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।
मूर्ख बाटोमा हिडदाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।
ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।